काठमाडौं ,१३ जेष्ठ//
देशभर हालसम्म ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दर्ता भएका सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेका छन् ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्र बस, मिनीबस, ट्रक, माइक्रोबस, कार तथा मोटरसाइकलसहित कुल २ लाख ८१ हजार ९२१ सवारीसाधन दर्ता भएका छन् ।
सर्वेक्षणअनुसार चालु आवको फागुनसम्म ४३ हजार ७५० स्मार्ट लाइसेन्स वितरण गरिएको छ । हालसम्म कुल ४१ लाख १४ हजार १८१ चालक अनुमति पत्र वितरण भइसकेको छ ।
त्यस्तै फागुनसम्म ८७ हजार १४ इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएकोमा ५ हजार १८६ वटा जडान गरिएको छ । हालसम्म कुल ८८ हजार ३४० इम्बोस्ड नम्बर प्लेट जडान भएको तथ्यांक सार्वजनिक गरिएको छ ।