जनकपुरधाम ,१४ जेष्ठ//
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नेपालको संविधानको धारा १८४ को उपधारा (२) अनुसार प्रदेश प्रमुखमार्फत सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने व्यवस्था रहेको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारले नयाँ सत्ता समीकरण बनेपछि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । मुख्यमन्त्री यादवले मंगलबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।