बारा ,१४ जेष्ठ//
बारामा लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीस्थित विक्रम स्याङतानको श्रीमती ४८ वर्षीया मित्रा देवी स्याङतान रहेकी छन्।
अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा स्याङतानको घरमा छापा मारेर लागू औषध गाँजा बरामद गरेको हो।
प्रहरीले विक्रम स्याङतानको सुत्ने कोठाभित्र बोरामा लुकाइछिपाइ राखिएको करिब ४ किलो ४ सय ग्राम गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ परेकी स्याङतानमाथि बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी भट्टले जानकारी दिए ।