काठमाडौं ,१४ जेष्ठ//
सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाइने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पहलपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विभिन्न मन्त्रालय परिसरमा रहेका चमेना गृह बन्द गर्न पत्राचार गरेको हो ।
गृह, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति तथा सञ्चार मन्त्रालय परिसरमा रहेका चमेना गृहहरूलाई जेठ २७ गतेभित्र हटाउन निर्देशन दिइएको छ ।
यसअघि २०७५ सालमै यस्ता चमेना गृह हटाउने निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन ।
यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दल कार्यालय परिसरमा रहेका चमेना गृह पनि हटाइने भएका छन् । संसद् सचिवालयले दुवै दललाई १५ दिनभित्र चमेना गृह हटाउन पत्राचार गरेको जनाएको छ ।