काठमाडौं ,१७ जेष्ठ//
प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक क्षेत्रमा चीन र भारतले सञ्चालन गरेको व्यापारिक मार्गबारे नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट (डिप्लोमेटिक नोट) पठाएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले उक्त जानकारी गराएका हुन् ।
‘लिपुलेक र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारिक मार्गका सम्बन्धमा नेपाल सरकारले डिप्लोमेटिक नोट पठाएको छ । त्यसको जवाफ पनि प्राप्त भएको छ,’ प्रधानमन्त्री शाहले भने ।
उनले उक्त विषयको समाधानका लागि सम्बन्धित पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई समेटेर छलफल गर्ने तयारी भइरहेको बताए ।
प्रधानमन्त्री शाहका अनुसार यस विषयमा बेलायत सरकारसँग पनि नेपाल सरकारले चासो व्यक्त गरेको छ ।