काठमाडौं ,१७ जेष्ठ//
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका केही सांसदलाई संसदीय मर्यादा कायम गर्न सचेत गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनपछि एमालेका सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आर्यन राईलाई सभामुखले ध्यानाकर्षण गराएका हुन् ।
सभामुख अर्यालले समय नदिइएको अवस्थामा पनि उठेर बोल्ने प्रयास गरेको तथा अमर्यादित व्यवहार देखाएको भन्दै सम्बन्धित सांसदहरूलाई आफ्नो भाषा र व्यवहार सुधार्न चेतावनी दिएका छन् ।
उनले संसद्को गरिमा र मर्यादा कायम राख्न सबै सांसदलाई नियम तथा प्रक्रियाको पालना गर्न आग्रह गरेका छन् ।