काठमाडौं, १७ जेष्ठ//
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि सरकार प्रयासरत रहेको बताए ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन, नेपालले पनि भारतको केही जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुवै पक्ष बसेर तथ्यका आधारमा हेर्नुपर्नेछ ।’
उनले नेपाल–भारत सीमा सम्बन्धी विषय संवेदनशील भएकाले आपसी समझदारी र कूटनीतिक छलफलबाट समाधान खोजिने बताए ।