रौतहट,२२ असार । रौतहटको फतुवा विजयपुर नगरपालिकाले नगरवासीको लामो समयदेखिको विद्युत् महसुल बक्यौता समस्याको समाधानका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ।
कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरवासीको समस्यालाई प्राथमिकतामा राख्दै विद्युत् महसुल भुक्तानीका लागि आवश्यक बजेट छुट्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि सरकारले वितरणमुखी कार्यक्रम सञ्चालनमा रोक लगाएपछि स्थानीय तहबाट विद्युत् महसुल भुक्तानी गर्ने विषय अन्योलमा परेको थियो । पछिल्लो समय अन्य स्थानीय तहका हकमा अदालतले विद्युत् बक्यौता रकम भुक्तानी गर्न आदेश दिएपछि फतुवा विजयपुर नगरपालिकाका लागि पनि कानुनी आधार स्पष्ट भएको उहाँले बताउनुभयो।
“नगरवासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर आगामी बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेका छौँ । अदालतको आदेशपछि अन्य स्थानीय तहमा पनि भुक्तानी प्रक्रिया अघि बढेकाले यहाँ पनि आवश्यक प्रक्रिया सहज हुने विश्वास गरेका छौँ,“ कार्यवाहक नगरप्रमुख खातुनले भन्नुभयो ।
फतुवा विजयपुर नगरपालिकाका नगरवासीले विद्युत् महसुल बक्यौता भुक्तानीको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। उनीहरूले पटक–पटक नगरपालिका कार्यालय घेराउ गरी समस्या समाधानको मागसमेत गरेका थिए।
नगरपालिकाले आगामी बजेटमार्फत आवश्यक रकम विनियोजन गर्ने तयारी गरेसँगै लामो समयदेखि विवादमा रहेको विद्युत् महसुलको समस्या समाधान हुने अपेक्षा नगरवासीले गरेका छन् ।७११६ सहितका दुई मोटरसाइकल तथा नम्बर नखुलेको एक ग्ल्यामर मोटरसाइकल गरी तीनवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। मोटरसाइकलहरूको अनुमानित मूल्य करिब १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान र मोटरसाइकलको स्रोत तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको रौतहट प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।