रौतहट, २२ असार । गौर–पिपरा सडकखण्ड अन्तर्गत पर्ने मुडबलबा मोड नजिकै अत्याधिक गतिमा गुडिरहेको बाईकले विपरित दिशाबाट आउदै गरेको बाईकमा ठोक्किदा एक महिला सहित तिन जना घाईते भएका छन् ।
घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको तथा एक जनाको अवस्था सामान्य रहेका हुन् ।
परोहा नगरपालिका–४ घर भई हाल गौरमै बस्दै आएका विनोद साह राजदेवी नगरपालिकाको कार्यालय तर्फ मधेश प्रदेश ०३–०२५प–८६७१ नम्वरको मोटरसाइकल चढि गइरहेको अवस्थामा विपरित दिशाबाट अत्याधिक गतिमा आउदै गरेका प्रदेश–२–०३–००९प–१९८५ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताए ।
अत्याधिक गतिमा आउदै गरेका प्रदेश–२–०३–००९प–१९८५ बाईक चालक सर्लाही हरिवन नगरपालिका–२ पहाडी टोलका ४४ बर्षीय रामदरेश बैठा र पछाडी सवार नातामा साली पर्ने रौतहट गढीमाई नगरपालिका हथिऔलकी ३२ बर्षीय रिन्जु देवी गम्भीर घाइते भइन ।
बाइकको तिव्रता यति थियो कि दुबै जना तल माथि बाइक स्टाट रहदा स्थानीयहरु बन्द गरेर दुबै घाइतेलाई बाटोबाट उठाएर राखे । स्थानीयहरु एम्बुलेन्स बोलाएर उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाएको एक प्रत्यक्षदर्शीले भने ।राजदेवी नगरपालिकामा ल्याब टेक्निसियन पदमा कार्यरत रहेका विनोद साहको अवस्था सामान्य भएपनि सोही एम्बुलेन्समा राखेर उपचारको लागि प्रदेशिक अस्पताल पठायो । दुबै बाईक घटनास्थलमै रहेका छन् ।