रौतहट । रौतहटको गढीमाई नगरपालिका–३ मा १९ वर्षीया युवती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीका अनुसार गढीमाई नगरपालिका–३ निवासी रामधनी महतोकी १९ वर्षीया छोरी आरती महतो मंगलबार बिहान आफ्नै एकतले पक्की घरको कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
बिहान करिब ५ः४८ बजे उनकी कान्छी बहिनी संजिता महतोले आरतीलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरी चौकी बरियारपुरमा खबर गरेकी थिइन्।
सूचना प्राप्त भएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा पठाइएको जनाएको छ।
मृतक आरती अविवाहित रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।