रौतहट । रौतहटको गौरस्थित कोशिला प्यालेस होटलमा खाद्यवस्तुको गुणस्तर अनुगमनका क्रममा होटलको एउटा कोठामा युवतीहरू भेटिएपछि प्रहरीले होटल सञ्चालकसँग सोधपुछ गरेको छ। उद्योग वाणिज्य संघ वीरगन्ज, जिल्ला प्रशासन कार्यालय रौतहट तथा उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधिसहितको संयुक्त टोली बुधबार होटलमा खाद्यवस्तुको गुणस्तर अनुगमनका लागि पुगेको थियो। टोलीले होटलको भान्सामा रहेका खाद्य सामग्रीको अवस्था, सरसफाइ तथा गुणस्तरबारे अनुगमन गरिरहेको थियो।
अनुगमनका क्रममा प्रहरीलाई होटलको कोठा नम्बर २०२ मा केही युवतीहरू रहेको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोलीले उक्त कोठामा पुगेर जाँच गरेको थियो। कोठामा युवतीहरू भेटिएपछि अनुगमनका क्रममा रहेको टोलीको ध्यानसमेत त्यतातर्फ केन्द्रित भएको थियो। प्रहरीले होटल सञ्चालक तथा गौर नगरपालिका-६ का वडाध्यक्ष अवर्धावहारी साहसँग घटनाबारे सोधपुछ गरेको जनाएको छ। कोठामा युवतीहरू कुन प्रयोजनका लागि बसेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनाबारे जानकारी पाएपछि होटलमा केही समय अन्योल र तनावको अवस्था सिर्जना भएको थियो। खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि पुगेको अनुगमन
टोलीले होटलको किचेन तथा खाद्य सामग्रीको निरीक्षण गरिरहेकै बेला प्रहरीको छुट्टै सूचनाका आधारमा कोठा जाँच गरेपछि घटना बाहिर आएको हो। प्रहरीले कोठामा भेटिएका व्यक्तिहरूको परिचय, होटलमा उनीहरूको उपस्थितिको कारण तथा घटनासँग जोडिएका अन्य पक्षबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान पूरा नभएसम्म घटनालाई लिएर थप निष्कर्षमा पुग्न नमिल्ने प्रहरीको भनाइ छ। अनुगमन टोलीले भने होटलको खाद्यवस्तु तथा भान्साको सरसफाइसम्बन्धी पक्षको समेत निरीक्षण गरेको जनाएको छ। होटलमा खाद्य सामग्रीको भण्डारण, प्रयोग तथा स्वच्छताको अवस्थाबारे आवश्यक विवरण संकलन गरिएको बताइएको छास्थानीय तहका जनप्रतिनिधिसमेत रहेका होटल सञ्चालक साहसँग प्रहरीले सोधपुछ गरेपछि घटनाले स्थानीयस्तरमा थप चासो पाएको छ। यद्यपि होटलको कोठामा युवतीहरू भेटिनु मात्रका आधारमा कुनै गैरकानुनी गतिविधि भएको निष्कर्ष निकाल्न नमिल्ने भएकाले प्रहरीले प्रमाण र अनुसन्धानका आधारमा मात्रै थप प्रक्रिया अघि बढाउने जनाएको छ।
घटनावारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्रै होटलमा भएको गतिविधिको वास्तविक अवस्था र संलग्नताको विषय स्पष्ट हुने प्रहरीले जनाएको छा