रौतहट — कुमारी बैंक लिमिटेड चन्द्रपुर शाखाका प्रबन्धक केशर कुमार साहले रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारस्थित श्री जनशक्ति माध्यमिक विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेका छन्।
शुक्रबार बैंकको आर्थिक वर्ष २०८३/८४ को सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब एक लाख रुपैयाँ मूल्य बराबरका १३० थान भेस्ट र ट्राउजरसहितका ड्रेससेट विद्यार्थीलाई वितरण गरिएको हो।
आर्थिक अभावका कारण विद्यालय पोसाकको व्यवस्था गर्न कठिनाइ हुने विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको शैक्षिक गतिविधिमा सहजता ल्याउनुका साथै अध्ययनप्रति प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै गरिब तथा विपन्न विद्यार्थीको शैक्षिक स्तर उन्नतिमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो।