चन्द्रपुर,२१ असोज
सरुवा गरेको ठाउमा नगएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रीराज ढकालले स्पष्टीकरणको चिठी काटेपछि वार्ड सचिबले कार्यालय पुगेर हाजिर गरेका छन ।
गत असोज १४ गते चन्द्रपुर नगरपालिकाको वार्ड नंं १० को सचिबमा सरुवा भएका शेख नसरे आलमले वार्ड कार्यालयमा गएर कामकाज नगरेपछि मंगलबार प्रमुख प्रशासकिय अधिकृत ढकालले आलमलाई स्पटीकरण सोधेका थिए ।
चन्द्रपुर नगरपालिका–१० का वडा सचिव (अधिकृत छैटौँ) शेख नसरै आलमलाई नगरपालिकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले जारी गरेको सूचनामा असोज २० गते जारी गरेको सूचनामा वडा सचिव आलमले कार्यालयमा नियमित हाजिर हुनुपर्ने दायित्व पूरा नगरेको र हाजिरी रजिस्टरमा समेत ओभरराइट गरी हाजिर देखिएको उल्लेख गरिएको छ।
नगर कार्यपालिकाको भदौ १९ गतेको निर्णयअनुसार वडा सचिवको जिम्मेवारी सम्हालेका आलमलाई असोज १४ गतेदेखि वडा कार्यालयमा हाजिर हुन जान भनिएको थियो।
कार्यालयको हाजिरी रजिस्टर परीक्षण गर्दा असोज १४ र १५ गते ओभरराइट गरेर हाजिर गरेको देखिएको, त्यसपछि हालसम्म वडा कार्यालयमा हाजिर भएको नदेखिएको नगरपालिकाको पत्रमा उल्लेख छ।
त्यति मात्र होइन, वडा सचिवले गर्नुपर्ने कामसमेत प्रभावित भएको र बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको नगरपालिकाको आरोप छ। नगरपालिकाले वडा कार्यालय र नगरपालिकाबीचको सम्पर्कमा समेत नरहेको भन्दै यस विषयमा स्पष्टीकरण मागेको हो।
नगरपालिकाले जारी गरेको पत्रमा भनिएको छ, “हाजिरी रजिस्टरमा ओभरराइट गरी हाजिर गरेको तथा बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको विषयमा स्पष्टीकरणसहित २४ घण्टाभित्र कार्यालयमा उपस्थित हुनुहोला।”
२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए वा कार्यालयमा उपस्थित नभए मधेश प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी नगरपालिकाले दिएको थियो ।
आलम यस अघि नगरपालिकाको सहकारी शाखा प्रमुखमा कामकाज गदै आइरहेका थिए ।
यसैगरी प्रशासन शाखाकी अजिता पौडेले पनि बुधबार नै वार्ड कार्यालयमा गएर हाजिर गरेकी छिन । अन्य सरुवा भएका कर्मचारीहरुले आ आफनो ठाउमा गएर हाजिर गदै कामकाज गदै आइरहेका छन ।
नगरपालिकाले प्रशासनकी शाखा प्रमुख उमा र्गैहेलाई सहकारी शाखा प्रमुखमा सरुवा गरिएको छ भने यस्तै प्रशासन शाखाकै अजिता पौडेलाई वार्ड नं. ५ को सचिबमा,वार्ड नं. ५ को सचिब सागर कोइरालालाई वार्ड नं. ४ को सचिबमा,वार्ड नं. ४ को सचिब अजिता शर्मालाइ प्रशासन शाखामा सरुवा गरिएको छ ।
यस्तै वार्ड नं. १० को सचिब संजय चौधरीलाई वार्ड नं. ९ को सचिबमा र वार्ड नं. ९ को सचिबलाइ प्रशासन शाखामा सरुवा गरिएको छ ।