रौतहट । हाइवे न्यूज दैनिकका प्रकाशक तथा चन्द्रपुर मिडिया प्रालिका सञ्चालक मनोज कुमार साहलाई पितृशोक परेको छ। उहाँका बुबा राम प्रकाश साहको आज बिहान ९५ वर्षको उमेरमा असामयिक निधन भएको हो।
लामो जीवन व्यतीत गर्नुभएका साहको निधनले परिवारजन, आफन्त तथा शुभेच्छुकहरू शोकमा परेका छन्। स्वर्गीय साहका तीन छोरा र तीन छोरी गरी छ सन्तान रहेका छन्। तीमध्ये एक छोरीको यसअघि नै निधन भइसकेको पारिवारिक स्रोतले जनाएको छ।
स्वर्गीय साहको निधनप्रति सञ्चारकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
संचारकर्मीहरुले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन ।