काठमान्डौ,१६ बैशाख//
नेपाली बजारमा सुनको भाउ घटेको छ।आज सुन प्रतितोला ३ हजार घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ ।