काठमाडौं,१६ बैशाख//
सरकारले थप तीन वटा अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बुधबार विश्वविद्यालय, स्वास्थ्य तथा केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयकलाई अध्यादेशका रूपमा जारी गर्न सिफारिस गरिएको हो।
यसअघि सोमबार पनि सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यससँगै केही दिनयता सरकारले लगातार अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाउने तयारी गरिरहेको देखिएको छ।