काठमाडौं ,७ जेष्ठ//
सभामुख डोलप्रसाद (डीपी) अर्यालले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेपछि सभामुख अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
सभामुख र प्रधानमन्त्रीबीच संसद्सँग सम्बन्धित विषयमा करिब आधा घण्टा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले संसद्मा प्रश्न उठाइरहेका छन् । संसद् बैठक अवरुद्ध भएपछि सभामुखले बैठक स्थगित गरी प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।