काठमान्डौ,७ जेष्ठ//
बिहीबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९६० रुपैयाँ रहेको चाँदी आज ५ हजार ५० रुपैयाँ कायम भएको छ ।