काठमाडौं ,८ जेष्ठ//
राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
शुक्रबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।