जनकपुरधाम ,८ जेष्ठ//
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा यादवको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको थियो । बैठकमा १०० प्रदेशसभा सदस्य उपस्थित रहेका थिए ।
नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस, एमाले, नेकपा र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेका हुन् ।
जसपा नेपाल, जनमत पार्टी र राप्रपाले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका छन् ।