पोखरा,८ जेष्ठ//
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले उक्त दुई कसुर फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगीसम्बन्धी कसुर यथावत राख्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग झिक्न निवेदन दिएको थियो ।
शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले सरकारी पक्षको निवेदन सदर गर्दै दुई अभियोग फिर्ता गर्ने निर्णयलाई अनुमोदन गरेको हो ।