काठमाडौं ,८ जेष्ठ//
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आम नागरिकसँग सुझाव माग गरेको छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र सुझाव पठाउन आग्रह गरेको हो ।
कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपालीको सहभागिता सुनिश्चित गर्न लिखित सुझाव संकलन गर्न लागिएको जनाएको छ ।
नागरिकले आफ्नो सुझाव इमेल तथा ह्वाट्सएपमार्फत पठाउन सक्नेछन् । सुझाव पठाउन sambidhansansodhan@gmail.com, sambidhansansodhan@opmcm.gov.np इमेल र ९८५६०२९९४७ नम्बर उपलब्ध गराइएको छ ।