रमेश कुमार यादब
जेठ ०८ गते ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आयोजना गरेको नव आगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत तथा SEE २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी एवं शिक्षक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडाको मुटुमा रहेको विद्यालयले शुक्रबार हेटौंडास्थित ओ–म्याक्स हलमा विशेष समारोह आयोजना गर्दै नवप्रवेशी विद्यार्थी, अभिभावक, उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको हो । कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरे को सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक घिमिरेले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालयको गौरव बढाउने SEE तथा BLE २०८२ का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको बताउनुभयो ।

उहँले आगामी दिनमा पनि विद्यार्थीहरूले अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रधानाध्यापक घिमिरेले विद्यालयको शैक्षिक, भौतिक तथा प्रविधिमैत्री व्यवस्थापनमा पछिल्ला वर्षहरूमा व्यापक सुधार हुंदै गएको उल्लेख गर्नुभयो ।
उहाँले विद्यालयले परम्परागत शिक्षण प्रणालीलाई आधुनिक प्रविधिसंग जोड्दै “डिजिलाइट” तथा ICT आधारित सिकाइ पद्धति लागू गरिरहेको जानकारी दिनुभयो । शिक्षकहरूलाई समेत प्रविधिमैत्री शिक्षणमा अभ्यस्त बनाइएको बताउंदै उहाँले आगामी दिनमा कक्षाकोठामा स्मार्ट हाजिरी प्रणाली लागू गर्ने योजना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी विद्यालयमा ई–लाइब्रेरी सञ्चालनमा रहेको र यसलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउने तयारी भइरहेको बताउँदै उहाँले विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धानतर्फ आकर्षित गर्ने वातावरण निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयका पिटिए अध्यक्ष निकेश कुमार श्रेष्ठ ले विद्यालयमा भर्ना भएका नव आगन्तुक विद्यार्थी तथा अभिभावकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यार्थीहरूले अझ राम्रो नतिजा ल्याएर विद्यालयको प्रतिष्ठा उचो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै प्रमुख अतिथि नविन सिग्देलले विद्यालयले यस वर्ष SEE मा हासिल गरेको उत्कृष्ट नतिजाले विद्यालयको गौरव बढाएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित र जिम्मेवार भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले आमाबुबाको सपना र आफनै भविष्य सफल बनाउन विद्यार्थीहरूले नियमित अध्ययनसँगै अनुशासनलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

सिग्देलले विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित नभई संस्कार, संस्कृति, नैतिकता र व्यवहारिक शिक्षामा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहांंले विद्यालयले विद्यार्थीभित्र रहेको क्षमता पहिचान गरी उनीहरूको करियर निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै भविष्यमा विद्यार्थीहरूले “सही विद्यालय रोजेछौं” भन्ने गर्व गर्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो ।
आज हामिले यो प्रोग्राम यस ओ मैक्स हलमा गरिरहेका छौ तर यस्ता कार्यक्रम आउदो दिनमा हाम्रो बिधालयको हलमा गर्ने प्रतिबद्धता जनाउनु भयो । हाम्रो बिधालयमा सभा गोष्ठी गर्न हल नहुँदा हामिलाई निकै नै सास्ती परिरहेका छ । तर हाम्रो बिधालयले आउँदो दिनमा आनबान शानले आफनै बिधालयले यस्ता हल निर्माण गरी यस्ता कार्यक्रम गर्ने बिश्वस्त गराएका थिए ।
कार्यक्रम समापन गर्दै प्रधानाध्यापक घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभयो ।
विद्यालयलाई विश्वास गरेर भर्ना भएका विद्यार्थीहरूको भरोसा कुनै पनि हालतमा गुम्न नदिने प्रतिबद्धता समेत उहाले व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेल ले सञ्चालन गर्नुभएको कार्यक्रममा नया विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र योग्य नागरिक बन्न प्रेरित गर्नुभयो ।

उहाँले विद्यार्थीहरूलाई केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नरही जीवनका सबै क्षेत्रमा सफल बन्न मेहनत गर्न सुझाव दिनुभयो ।कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा अन्य प्रतिभा प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
साथै उत्कृष्ट विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ । बागमती प्रदेशको राजधानी, हेटौंडाको मुटुमा अवस्थित विद्यालय हेटौंडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो विद्यालय जुन २०१६ सालमा स्थापना भएको बिधालय हो ।

यस बिधालयको छुटै पहिचान समेत रहेको बताउनु भयो । BLE २०८२ मा २७ जना विद्यार्थीले ३.६ देखि ४ GPA ल्याई मकवानपुर जिल्लामै सबैभन्दा धेरै विद्यार्थी (२०० जना) उत्तीर्ण गराएको विद्यालयको रुपमा स्थापित भएको छ । त्यति मात्र नभएर BLE २०८२ मा ४ जना विद्यार्थीले ४ GPA ल्याएको विद्यालय हो । साथै यस बिधालयमा कक्षा ९–१२ प्राविधिक धार (Civil Engineering) पढाइ हुने विद्यालय पनि रहेको बताईएको छ ।
