काठमाडौं,१५ जेष्ठ//
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक बजेट नेपाली कागजको फाइलमा तयार पारेका छन् ।
उनी केहीबेरअघि बजेट लिएर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रालयबाट निस्किएका हुन् ।
यसअघि अर्थमन्त्रीहरूले रातो सुटकेश वा अल्लोबाट बनेको झोलामा बजेट वक्तव्य बोक्ने परम्परा रहेको थियो । तर वाग्लेले यसपटक नेपाली कागजको फाइल प्रयोग गर्दै नयाँ शैली अपनाएका हुन् ।
यसअघि उनले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा सार्वजनिक गरेका थिए ।