काठमाडौं ,१५ जेष्ठ//
सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको न्यूनतम सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको बताए ।
हाल एकल व्यक्तिका लागि वार्षिक ५ लाख रुपैयाँ तथा विवाहित व्यक्तिका लागि ६ लाख रुपैयाँसम्मको आम्दानीमा न्यूनतम कर सीमा कायम रहेको थियो ।