काठमाडौं,१५ जेष्ठ//
सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने घोषणा गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो बाहिर निकाल्नेछौँ,’ बजेट वक्तव्यमा अर्थमन्त्री वाग्लेले भने ।