काठमाडौं,१५ जेष्ठ//
सरकारले लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि यस्तो व्यवस्था गरिने बताएका हुन् ।
सरकारले लगानी सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने पनि घोषणा गरेको छ ।
त्यस्तै, सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरणलगायत प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्तालाई सहज बनाइने अर्थमन्त्रीले बताए ।
उद्योग तथा औद्योगिक नवप्रवर्तनमा सरकार विशेष रूपमा केन्द्रित रहने पनि उनले उल्लेख गरे ।