काठमाडौं,१५ जेष्ठ //
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।
केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए । सो बजेट बैठकबाट अनुमोदन भएको हो ।
मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले केहीबेरमै बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।