काठमाडौं ,१५ जेष्ठ//
सरकारले भन्सार दर संरचनामा ठूलो परिवर्तन गरेको छ । अबसम्म ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो व्यवस्था घोषणा गरेका हुन् ।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलको एक तह घटाइएको छ । साथै २७३ वस्तुमा भन्सार दर घटाइएको छ भने ३६० वस्तुमा अन्तःशुल्क खारेज गरिएको छ ।
त्यस्तै, भन्सार विन्दुमा संकलन हुने विभिन्न छरिएका करलाई एकीकृत गरी ‘हरित कर’ (Green Tax) मा रूपान्तरण गरिएको अर्थमन्त्रीले बताएका छन् ।