काठमाडौं ,१५ जेष्ठ//
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै संघीय संसद्को संयुक्त बैठकमा उनले मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको बताए ।
‘मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ अर्थमन्त्री वाग्लेले भने ।
उनले अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उल्लेख गर्दै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको पनि बताए ।