काठमाडौं ,१९ जेष्ठ //
मन्त्रिपरिषद्को बैठक आज मध्याह्न १२ बजे बस्ने भएको छ।
प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहाल का अनुसार देशको समसामयिक राजनीतिक अवस्था तथा सरकारका दैनिक कामकारबाहीसँग सम्बन्धित विभिन्न मन्त्रालयगत एजेण्डामाथि बैठकमा छलफल हुनेछ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।