सप्तरी,१९ जेष्ठ//
जेनजी प्रदर्शनका क्रममा सप्तरीस्थित राजविराज कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खडक नगरपालिका–४ निवासी ३५ वर्षीय मोहम्मद अनबारुल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी राजन रायमाझी का अनुसार उनलाई इलाका प्रहरी कार्यालय करडबोनाबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो।
बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका अनबारुल जेनजी प्रदर्शनका क्रममा राजविराज कारागारबाट फरार भएका थिए। प्रहरीले उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।