सिरहा,१९ जेष्ठ//
सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जयकुमार साह र सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर बरामद गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पाल का अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।