वीरगञ्ज,१९ जेष्ठ//
चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु ७ अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २२ प्रतिशतले कम हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार गत आवको १० महिनामा रु १० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो।
चालु आवमा रु ३ अर्ब २० करोडको मुसुरो दाल, रु २ अर्ब ४ करोडको सिमी/राजमा र रु १ अर्ब ९२ करोडको चना आयात भएको छ। गत वर्षको तुलनामा यी सबै दलहनको आयातमा गिरावट आएको छ।
यस्तै, चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको भन्सार कार्यालयले जनाएको छ।