काठमाडौं,१९ जेष्ठ//
विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्याल ले बैठक स्थगित भएको घोषणा गरेका हुन्। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले बेल घेराउ गर्दै बैठक अवरुद्ध गरेका थिए।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले जेठ १७ गते प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे माफी माग्नुपर्ने माग राख्दै विरोध जनाइरहेका छन्। त्यसकै कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।