काठमाडौं,१९ जेष्ठ//
दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक सत्ता पक्ष र विपक्षी दलबीच सहमति नजुट्दा साढे २ बजेसम्म पनि सुरु हुन सकेको छैन।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्यगत आधार माग गर्दै आएका छन्। तथ्य पुष्टि गर्न नसके प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ।
तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस विषयमा तयार नभएपछि संसद् बैठक प्रभावित भएको हो।
आजको बैठकमा सभामुख डीपी अर्याल ले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।