काठमाडौं ,२० जेष्ठ//
काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९९ सवारी चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ११९, नियमविपरीत राइड सेयरिङ गर्ने १६०, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३४ तथा तीव्र गतिमा सवारी चलाउने ११८ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने ११४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने १४४ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९६ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।