काठमान्डौ,१२० जेष्ठ//
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध तथा दुवै देशका साझा हितका विविध विषयमा छलफल भएको बताइएको छ। भेटपछि प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटले आफूलाई खुसी लागेको उल्लेख गर्दै नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु,’ मोदीले बताएका छन्।
सोमबार भारत भ्रमणमा पुगेका लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा स्वागत गरिएको थियो। भ्रमणका क्रममा उनले विभिन्न भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट तथा छलफल गरिरहेका छन्।