रौतहट । रौतहटको परोहा नगरपालिका–४ पोखरिया टोलमा १६ वर्षीया किशोरी आफ्नै घरको कोठाभित्र मृत फेला परेकी छन्।
प्रहरीका अनुसार जाफिर देवानकी छोरी अन्दाजी १६ वर्षीया सुबुन तारा आइतबार दिउँसो करिब ३ बजे आफ्नै घरको एकतले पक्की घरमा रहेको सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।
कोठाको ढोका भित्रबाट बन्द रहेको अवस्थामा आफन्तले ढोका फुटाएर हेर्दा किशोरी झुण्डिएको अवस्थामा फेला पारेका थिए। आफन्तले तत्काल पासो काटी शवलाई सोही कोठाको ओछ्यानमा राखेको प्रहरीले जनाएको छ।
घटनाबारे दिउँसो ३ः२० बजे अस्थायी प्रहरी चौकी लौकाहामा खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमाण्डमा SOCO सहितको टोली परिचालन गरिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।